ad ad

राजनीति


आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार ९:१७, काठमाडौँ

आज (आइतबार) प्रतिनिधि सभामा सांसदहरूले सोधेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन्। 

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुने छ।

आजको बैठकका लागि सम्भावित कार्यसूचीको बुदा नम्बर २ मा सांसदहरूले सोधेका प्रश्नमा  प्रधानमन्त्रीले जवाफ दिने उल्लेख छ। 

यसअघि गत माघ २४ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए।

त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद् सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरूलाई भनेका थिए।

हेर्नुहोस् आजको सम्भावित कार्यसूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .