राजनीति


त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब, जनतालाई फेरि झुक्याए : महामन्त्री थापा

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब, जनतालाई फेरि झुक्याए : महामन्त्री थापा

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८० सोमबार १४:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा नागरिकलाई झुक्याएको आरोप लगाएका छन्।

सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको पनि उनले बताए।

तर प्रचण्डले खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको उनले टिप्पणी गरे।

विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले गल्ती दोहार्‍याएको महामन्त्री थापाले बताए।

‘हाम्रो विश्वविद्यालयको बिजोग छ। विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायतमा सुधार गर्नुपर्नेछ। तर अहिले हतारहतार सिफारिस भएर जुन नाम आएका छन्, यसबाट स्पष्ट के भयो भने पहिलेजस्तै भागबण्डा गरेर टुङ्ग्याउने काम हुँदैछ’, उनले भने, ‘सुधारको संकेत दिने मौकामा प्रधानमन्त्रीलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैँ झुक्किरहनु भएको छ। मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .