ad ad

राजनीति


यस्तो देखियो कांग्रेस महासमितिको बन्दसत्र (तस्बिरहरू)

यस्तो देखियो कांग्रेस महासमितिको बन्दसत्र (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


सरोज बैजु
फागुन ८, २०८० मंगलबार १२:५१, गोदावरी (ललितपुर)

ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु भएको छ। 

सोमबार उद्घाटनसँगै सकिएको महासमितिको बैठकको दोस्रो दिन बन्दसत्र सुरु गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बन्दसत्रमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन्। मंगलबार सबैभन्दा पहिले पार्टीका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन्।

त्यसपछि महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दैछन्।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्दैछन्। 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

कांग्रेसको महासमिति बैठकमा भाग लिन देशभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि आइपुगेका छन्। बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्।

महासमितिको बैठकका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .