राजनीति


एमाले केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल

एमाले केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल

नेपालखबर
फागुन ८, २०८० मंगलबार १९:९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरू प्रस्तुत भएका छन्।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका हुन्।

त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताए।

‘बैठकमा ४ वटा अवधारणा पत्रहरू कार्ययोजनाहरू प्रस्तुत भए’ उनले भने, ‘प्रस्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ। त्यसमा खासगरी पार्टी स्थायी कमिटी नै एउटा समूहमा छ। कोही, मधेश हुँदै सात प्रदेशहरुका समूहहरू छन्। एउटा समन्वय कमिटीहरु, उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको अर्को समूह छ।’

उनका अनुसार समूहमा प्रस्तुत कार्ययोजनामाथि भोलि १० बजेबाट नियमित छलफल हुनेछ। छलफलपछि आएका निस्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने उनले बताए।

उनले छलफलपछि आएका निस्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीवार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .