ad ad

राजनीति


ओलीले हटाएका रघुवीर उनकै विश्वास जितेर भौतिक पूर्वाधारमा फर्किए (तस्बिरहरू)

ओलीले हटाएका रघुवीर उनकै विश्वास जितेर भौतिक पूर्वाधारमा फर्किए (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
फागुन २३, २०८० बुधबार २१:१३, काठमाडौँ

विकासेमध्येको सबैभन्दा ठूलो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कमान नेकपा एमालेका सचिव रघुवीर महासेठले सम्हालेका छन्। 

सांसद महासेठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा दोस्रो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७४ चैत २ पनि महासेठ भौतिक मन्त्री भएका थिए।

पहिलो पटक भौतिक मन्त्रालय सम्हाल्दा उनी विवादित भएका थिए। त्यसबेला उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मंसिरमा हटाएका थिए। त्यसपछि २०७८ जेठमा महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बने।

पहिलो पटक भौतिक मन्त्री बनेको ६ वर्षपछि महासेठ एमालेको नेतृत्व गर्दै भौतिक मन्त्रालयमा फर्किएका हुन्।

महासेठले २०७९ मंसिर ४ को चुवानमा धनुषा क्षेत्र नम्बर ४ बाट गठबन्धनका उमेदवार महेन्द्र राय यादवलाई पराजित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .