राजनीति


उम्मेदवारको नामै जितबहादुर छ, इलाम–२ मा हाम्रै पार्टीले जित्छ : झलनाथ खनाल

उम्मेदवारको नामै जितबहादुर छ, इलाम–२ मा हाम्रै पार्टीले जित्छ : झलनाथ खनाल

नेपालखबर
चैत २४, २०८० शनिबार १६:३१, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन्। 

शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दाबी गरेका हुन्। 

साथै, नेता खनालले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्नसमेत अन्य दललाई आह्वान गरे।

‘अहिले हामी अलग अलग हिँडौँ, प्रतिष्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतिपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसावले अहिले यसमै सहमति गरेका हौँ। यो प्रतिष्पर्धाको सहमति हो,’ नेता खनालले भने, ‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ। इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’

नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताउँदै उनले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्‍याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर समेत गरे। 

‘नेपालको राष्ट्रिय राजनीति यो पछिल्लो निर्वाचन पछि निकै नराम्रो ढंगले अल्मलियो। दिशाहिन हुने हो की के हो? भन्ने डरलाग्दो परिस्थिति सिर्जना भएको थियो। पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ, भनेर अहिले वामपन्थी शक्तिहरुको सरकार बनेको छ,’ नेता खनालले भने।

अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .