राजनीति


आजको बिदाबारे गृहमन्त्री लामिछाने: हिजो जेलाई गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो

आजको बिदाबारे गृहमन्त्री लामिछाने: हिजो जेलाई गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १०:४८, काठमाडौँ

कतारका राजाले गर्न लागेको नेपाल भ्रमणलाई लिएर सरकारले आज (मंगलबार) दिएको सार्वजनिक बिदाको धेरैले आलोचना गरेका छन्। 

विशेषगरी नेपालका राजावादीहरुले कतारी राजा शेख तमिम बिन हमाद अल थानीले गर्न लागेको नेपाल भ्रमणको सन्दर्भमा दिइएको बिदालाई लिएर सरकारको, त्यसमा पनि विशेषगरी गृहमन्त्री रवि लामिछानेको आलोचना गरिरहेका छन्।  

गृहमन्त्री लामिछानेलेले भने आज दिइएको बिदाको सन्दर्भमा सरकारको बचाउ गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जलमार्फत् आजको बिदाको बचाउ गरेका हुन्। 

‘विगतका कयौँ निर्णय र परम्परा छन् जसलाई नीतिगत निर्णय गरि सच्याउनु पर्छ,’ उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनावश्यक बिदा, ‘भीआईपी पी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा  पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरुलाई दिइँदै आएको अभूतपूर्व सुबिधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु।’

उनले आफूले गरेको सुधारका प्रयासको रिजल्ट आउन थालेको पनि दाबी गरेका छन्। 

‘तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो, त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासलाई सच्याउन समय त लाग्छ,’ उनले अगाडि लेखेका छन्, ‘धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’

उनले कतारी राजाको सम्मान गरिनु अन्यता नहुने बताएका छन्।

‘विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौँ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा ससम्मान स्वागत गर्दछु।’

गृहमन्त्री लामिछानेले लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउने बताएका छन्। ‘चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार। लोकतन्त्र  दिवसको सबैलाई शुभकामना,’ लामिछानेले लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .