राजनीति


जापानी परराष्ट्रमन्त्री आगामी साता नेपाल आउँदै

जापानी परराष्ट्रमन्त्री आगामी साता नेपाल आउँदै

फाइल तस्बिर : जापानी परराष्ट्रमन्त्री याको कामिकावा


नेपालखबर
बैशाख १६, २०८१ आइतबार १०:२८, काठमाडौँ

जापानकी परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन्।

जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामिकावाले नेपाल भ्रमण गर्ने घोषणा गरेको हो।

‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ’, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ। 

छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रको समूहलगायत समान विचारधारा भएका देशबीच सम्बन्ध विस्तारमा सेतुको काम गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .