राजनीति


इलाम क्षेत्र नम्बर–२ को मतगणना फाकफोकथुमबाट थालियो

इलाम क्षेत्र नम्बर–२ को मतगणना फाकफोकथुमबाट थालियो

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १२:१५, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा भर्खरैबाट मतगणना सुरु गरिएको हो। 

आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। 

शनिबार भएको मतदानको मतपेटिकाहरू राति अबेरमात्रै सदरमुकाम इलाम बजार पुगेको थियो। 

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले मतगणना सुरु भएको जानकारी गराउँदै सकेसम्म आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी गरिएको बताए। 

क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माइ, देउमाइ र इलाम नगरपालिकाको गणना हुनेगरी सर्वदलीय बैठकमा सहमति जुटेको थियो। 

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्। 

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .