राजनीति


इलाम उपनिर्वाचन: सुहाङले कांग्रेस उम्मेदवारसँगको मतान्तर झन् बढाए

इलाम उपनिर्वाचन: सुहाङले कांग्रेस उम्मेदवारसँगको मतान्तर झन् बढाए

नेपालखबर
बैशाख १७, २०८१ सोमबार ८:२४, काठमाडौँ

उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। 

भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखेका छन्। 

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले अहिलेसम्म ६ हजार २८० मत प्राप्त गरेका छन्। 

उनीहरूबीचको मतान्तर २ हजार ६ सय १८ छ। एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन् बढाउँदै लगेका छन्।

पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म चार हजार ६ सय ३४ मत ल्याएका छन्। 

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार ३०५ मत ल्याएका छन्। 

इलाम २ मा अझै दुई तिहाई मत गन्न बाँकी छ।

१ लाख १५ हजारभन्दा बढी मत भएको इलाम-२ मा ६९ हजार २ सय मत खसेको छ। यो कुल मतदाता संख्याको ६० प्रतिशत हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .