राजनीति


इलामको चुनावले हाम्रा कमीकमजोरी देखायो, समीक्षा गर्छौँ : रास्वपा

इलामको चुनावले हाम्रा कमीकमजोरी देखायो, समीक्षा गर्छौँ : रास्वपा

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार ११:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम जिल्ला क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि वैशाख १५ गते भएको उपनिर्वाचनले आफ्ना कमजोरी औँल्याइदिएको निष्कर्ष निकालेको छ।

पार्टी प्रवक्ता मुकुल ढकालले पार्टीका तर्फबाट कमजोरी भएको स्वीकार गर्दै आउँदो केन्द्रीय समिति बैठकमा यसबारे समीक्षा गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको भनिएको छ, ‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं।’

निर्वाचन अभियानमा समर्पित भई खट्ने पार्टी सदस्य तथा शुभचिन्तकलाई रास्वपाले धन्यवाद दिएको छ। मतदातालाई उसले आभार व्यक्त गरेको छ र चुनावमा विजय हासिल गरेका एमाले सुहाङ नेम्बाङले बधाइ दिएको छ।

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .