राजनीति


तत्काल गठबन्धन भत्कने अवस्था छैन : प्रधानमन्त्री प्रचण्ड

तत्काल गठबन्धन भत्कने अवस्था छैन : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १७:४०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन नभत्कने दाबी गरेका छन्। शनिबार पार्टी संसदीय दलको बैठकमा समसामयिक राजनीतिबारे चर्चा गर्दै अध्यक्षसमेत रहेका प्रचण्डले सो कुरा बताएका हुन्। 

पछिल्ला केही दिनयता गठबन्धन भत्काउनेगरी प्रयास भएको भए पनि अहिले तत्काल कुनै समस्या नआउने उनले बैठकमा भनेका थिए। 

‘गठबन्धन भत्काउन सकिन्छ कि भनेर केही व्यक्तिहरू लागेका छन्,’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘तर, अहिले कुनै समस्या आउँदैन।’

साथै, उनले बैठकमा आगामी बजेट, नेपाली कांग्रेसले सदनमा गरिरहेको अवरोध लगायतका विषयमा छलफल गरेका छन्। 

राष्ट्रिय राजनीति, सहकारी, नीति कार्यक्रम र बजेटमा केन्द्रीत रहेर शनिबार दिउँसो ५ घन्टा लामो बैठक बसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .