ad ad

राजनीति


माधव नेपाल विपक्षीको बैठकमा किन जानु भो, पार्टीलाई जानकारी छैन : झलनाथ खनाल

माधव नेपाल विपक्षीको बैठकमा किन जानु भो, पार्टीलाई जानकारी छैन : झलनाथ खनाल

नेपालखबर
जेठ १७, २०८१ बिहिबार ११:४६, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्ना अध्यक्ष माधव नेपाल विपक्षीको बैठकमा गएको कुरा पार्टीलाई औपचारिक जानकारी नभएको बताएका छन्। 

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेर फर्केपछि नेपालखबरले राखेको जिज्ञासामा नेता खनालले अध्यक्ष नेपाल बुधबार साँझ बूढानीलकण्ठमा आयोजित विपक्षी दलहरूको बैठकमा गएको कुरा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको टिप्पणी गरेका हुन्। 

‘मैले पत्रपत्रिकाबाट थाहा पाएँ। विपक्षीहरूको बैठकमा हाम्रा अध्यक्ष (माधव नेपाल) जानु भो भन्ने सुनेँ’, उनले भने, ‘पार्टीमा औपचारिक जानकारी छैन। त्यहाँ उहाँ किन जानुभयो, के छलफल भयो, पछि उहाँले जानकारी गराउनु नै होला।’

अध्यक्ष नेपाललाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेका थिए। प्रधानमन्त्री प्रचण्डसँग करिब एक घण्टा छलफल भएको नेता खनालले जानकारी दिए। 

‘समसामयिक विषयमा, अहिलेको समीकरण, यसको सुदृढीकरण, प्रदेशमा पनि सोही समीकरण दरिलो बनाएर लानुपर्‍यो, यिनै विषयमा कुराकानी भयो’, उनले भने, ‘हाम्रो पार्टी अहिलेको समीकरणमा संलग्न छ। यही समीकरणलाई बलियो बनाउने, सुदृढ गर्ने, त्यही पक्षमा पार्टी दृढ छ।’ 

आफ्नै प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ताका लागि आफूलाई बालुवाटार बोलाएको नेता खनालले बताए। 

‘उहाँले सोही गठबन्धन र सरकारलाई बलियो बनाउने, अझ सुदृढ बनाएर लाने प्रतिबद्धता जनाउनुभयो’, खनालले भने, ‘मैले पनि प्रस्तुत सार्वजनिक नीति, कार्यक्रम र बजेट जनताका पक्षमा कार्यान्वयन गरेर अगाडि बढ्न सुझाव दिएँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .