ad ad

राजनीति


प्रचण्डसँग माधव नेपालको फोनवार्ता, भने– समीकरणबाट तलमाथि हुँदैनौँ

प्रचण्डसँग माधव नेपालको फोनवार्ता, भने– समीकरणबाट तलमाथि हुँदैनौँ

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८१ बिहिबार १२:११, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच टेलिफोन वार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग टेलिफोनमा केहीबेर पछिल्लो राजनीतिक समीकरणबारे कुराकानी गरेका हुन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सत्ता समीकरणको पछिल्लो अपडेटबारे उनीहरूबीच कुराकानी भएको थियो। 

अध्यक्ष नेपाल बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए। 

फोनवार्तामा प्रधानमन्त्री प्रचण्डले सो भेटबारे चासो राखेका थिए। 

जवाफमा अध्यक्ष नेपालले समीकरणबाट तत्काल तलमाथि नहुने विश्वास दिलाएको सचिवालयले जनाएको छ। 

‘समीकरणमा छौँ, तलमाथि हुँदैनौँ भनेर विश्वस्त बनाउनुभएको छ,’ सचिवालय स्रोतले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै भन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .