राजनीति


सामाजिक सञ्जालबाट शिक्षामन्त्रीको अपिलः त्रिविमा सुरक्षा प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्छु

‘सार्वजनिक अपिल गर्नुपर्ने भएरै गरेको हुँ, आवेगमा लेखेको होइन’
सामाजिक सञ्जालबाट शिक्षामन्त्रीको अपिलः त्रिविमा सुरक्षा प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्छु

फाइल तस्बिर : गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराई


नेपालखबर
भदौ ५, २०८१ बुधबार ९:४४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा गुन्डागर्दी बढेको भन्दै सुरक्षा व्यवस्था गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरेकी छन्।

त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारीलाई आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएकाले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न भट्टराईले सामाजिक सञ्जालमार्फत अनुरोध गरेकी हुन्। 

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ’, मन्त्री भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु। गुन्डागर्दी गर्ने छुट कसैलाई छैन। यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु।’

साथै उनले सार्वजनिक रूपमै भन्नुपर्न अवस्था आएर भनेको र  कुनै आवेगमा आएर लेखेको होइन भन्ने स्पष्टीकरण पनि दिएकी छन्। 

‘यहाँहरूले मलाई महत्त्वपूर्ण सुझाव दिनुभएकोमा आभारी छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हुँ। कुनै आवेगमा आएर लेखेको होइन’, उनले लेखेकी छन्, ‘विगत ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad