राजनीति


भूटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीको सम्मान हो : पूर्वराजा ज्ञानेन्द्र

भूटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीको सम्मान हो : पूर्वराजा ज्ञानेन्द्र

नेपालखबर
असोज २६, २०८१ शनिबार २०:९, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरुलाई गरेको सम्मानका रुपमा ग्रहण गरेको बताएका छन्।

निर्मल निवासमा शनिवार सर्वसाधारणलाई विजया दशमीको टीका लगाउने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन्।

उनले केही दिनअघि मात्रै आफू भूटान गएको र भूटान भ्रमण निजी भ्रमण रहेको बताए। भूटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको बताए।

पूर्वराजा शाहले भूटानको राजपरिवार र भूटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरेको सम्मानका रुपमा लिएको बताए। उनले नेपाललाई गरेको स्वागतका लागि भूटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरे।

उनले भने, ‘हालै म भूटान गएको थिएँ। त्यसको अहिले चासो र जिज्ञासा भएको छ। त्यो निजी भ्रमण थियो। त्यहाँका राजपरिवार र भूटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता। मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु। तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु।’

पूर्वराजा शाहले विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad