राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपचुनावका लागि प्रारम्भिक निर्वाचन गर्ने भएको छ।
केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन संयोजन समितिको बुधबार बसेको बैठकले प्रारम्भिक निर्वाचनको तालिका निर्धारण गरेको हो।
प्रारम्भिक निर्वाचनका लागि कात्तिक २२ देखि २५ गतेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने कात्तिक २८ गते मतदान र निर्णय हुनेछ।
रास्वपाले स्थानीय तह उपनिर्वाचन परिचालनका लागि जिम्मेवारी समेत तोकेको छ।
यसअनुसार निशा डाँगीलाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ भने मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल र गण्डकीमा विन्दवासिनी कांसकारलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ।
त्यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदुरपश्चिममा विष्णुकुमार श्रेष्ठले त्यसको जिम्मेवारी पाएका छन्।
Shares

प्रतिक्रिया