राजनीति


भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको तयारी*

भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको तयारी*

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १०:४७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण करिब निश्चित भएको र मिति केही दिनमै सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतहरूले जनाएका छन्। 

प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि केही समय अगाडिदेखि नै प्रयास भइरहेको थियो। ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत संवाद गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमणको तयारी निकै अगाडि बढेको पुष्टि गरेको छ। 

स्रोतहरूकाअनुसार, प्रधानमन्त्री ओली नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साता भारत जानेगरि तयारी भएको छ। २–३ दिनको छोटो औपचारिक भ्रमण गर्ने गरि तयारी भइरहेको छ। 

उत्तरी छिमेकी चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ। चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ। 

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते द्विपक्षीय भेटवार्ता गरेका थिए।

(शीर्षक परिवर्तन र सम्पादन गरिएको*)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad