राजनीति


बन्न बाँकी कानुनबारे आज छलफल गर्दै विधायन समिति

बन्न बाँकी कानुनबारे आज छलफल गर्दै विधायन समिति

फाइल तस्बिर: विधायन व्यवस्थापन समितिकी सभापति तुलसा दाहाल


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार ९:५२, काठमाडौँ

संसद्‌को विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनबारे आज छलफल गर्ने भएको छ।

राष्ट्रिय सभाअन्तर्गतको यस समितिले आज पहिलो दिन संविधानअनुसार बन्न बाँकी कानुनका विषयमा छलफल कसरी अगाडि बढाउने र कुन मोडालिटीमा जाने भनेर कार्ययोजना तयार पार्ने समिति सभापति तुलसा कुमारी दाहालले जानकारी दिइन्।

समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

संविधानअनुसार बन्न बाँकी कानुनका विषयमा यसअघि समितिले तयार पारेको प्रतिवेदनलाई आधार मानेर छलफल अगाडि बढाइने सभापति दाहालले बताइन्।

केन्द्रले बनाउन बाँकी कानुन, प्रदेशले बनाउन बाँकी कानुन र स्थानीय तहले बनाउन बाँकी कानुनका विषयमा आवश्यकताअनुसार मन्त्रालय र विज्ञसँग छलफल गरी समितिले सरकारलाई निर्देशन दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad