राजनीति


कोरोनाको पूर्व तयारीबारे सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सिंहदरबारमा छलफल

कोरोनाको पूर्व तयारीबारे सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सिंहदरबारमा छलफल

नेपालखबर
चैत २, २०७६ आइतबार ७:४१,

 कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणको तयारीका लागि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल गरिरहेको छ।

सरकारले कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र नियन्त्रणको पूर्व तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुलाई काठमाडौँ बोलाएको हो।

अहिले सरकार, प्रदेशका मुख्यमन्त्री र विज्ञ टोलीकाबीच सिंहदरवारमा छलफल चलिरहेको छ।

बैठकमा नेपालमा कोरोना भाइरस भित्रिए कसरी समन्वय गरेर काम गर्ने भन्ने बारेमा कार्ययोजना तय गरिने बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले नेपालखबरलाई जानकारी दिए।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगति र नयाँ रणनीतिबारे छलफल हुने बताइएको छ।

बैठकमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, महानगरका मेयर र विज्ञहरु सहभागी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad