राजनीति


प्रधानमन्त्रीको सचिवालयले भन्यो– अध्यादेशबाट निजी क्षेत्र उत्साहित

प्रधानमन्त्रीको सचिवालयले भन्यो– अध्यादेशबाट निजी क्षेत्र उत्साहित

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायीहरुसँग छलफल गरेका छन्। तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ २, २०८१ बुधबार १२:१, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ-संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएको बताइएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरु स्वागतयोग्य भएको अवगत गराएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ। 

निजी क्षेत्रका प्रतिनिधिले कोभिड-१९ पछि संकुचित भएको अर्थतन्त्रलाईमाथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरेको बताइएको छ। उनीहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढंगले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अकांक्षा पूरा हुन योगदान मिल्ने बताएको समेत सचिवालयले दावी गरेको छ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएकाले थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश भने अहिलेसम्मलाई थाती रहेको छ। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मकरुपमा लिइदिएकामा खुसी व्यक्त गर्दै सरकार ढल्दैछ भन्नेर बजार हल्ला लाइएपनि सत्ता गठबन्धनमा रहेका दलहरु आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढंगले  कदम चालिरहेको स्पष्ट पारेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad