राजनीति


कांग्रेस, एमाले र माओवादीले देश बर्बाद मात्रै पार्छन् : राजेन्द्र लिङ्देन

कांग्रेस, एमाले र माओवादीले देश बर्बाद मात्रै पार्छन् : राजेन्द्र लिङ्देन

नेपालखबर
माघ २०, २०८१ आइतबार १७:४३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन्।  

आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनवटै पार्टीका नेतृत्वबाट देश विकास हुन्छ भनेर पर्खिन नहुने बताएका हुन्।  

मुलुक करिब साढे तीन दशकदेखि कांग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भए पनि मुलुकको विकास हुन नसकेको बताए। लिङ्देनले राप्रपामात्रै देश र धर्म बचाउने अभियानमा भएको दाबीसहित सहयोग गर्न आग्रह पनि गरे। 

‘राप्रपा नेपालमा रहेका राजनीतिक पार्टीमध्येको एक पार्टी मात्र होइन यो देश र धर्म बचाउने अभियान पनि हो। नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर हामी अगाडि बढिरेहको छौँ,' उनले भने, 'आज राप्रपाको दर्शन र सिद्धान्तको रुपमा आज स्थापीत भएको छ। म त्यो मान्छे हो जसले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर मात्र भनेको छैन। मैले मेरो जीवनकालमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा जान सक्छु। यो जीवनमा त के राजेन्द्र लिङदेनले अर्को जीवनमा समेत भ्रष्टाचार गर्ने छैन।'

देशमा योभन्दा धेरै बर्बाद हुने ठाउँ नभएको उनको भनाइ छ। 'तपाईंहरू ढुक्कका साथ अगाडि बढ्नुस्। नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन। साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतनत्र जे नाम दिए पनि त्यही मानिस र त्यही पार्टीहरूको त्यही एमाले, त्यही कांग्रेस, त्यही माओवादी र तिनै नेताको वरिपरि सत्ता घुमिरहेको छ। तर यो साढे तीन दशकमा देशको अवस्था के भयो ? मैले भनिराख्नु पर्दैन,' उनले भने, 'हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौं र अहिले हामी कहाँ पुग्यौँ। हाम्रो आँखा अगाडि छर्लङ्ग छ। अब पनि त्यही एमाले, त्यही माओवादी, त्यही काँग्रेस र तिनै अनुहारहरूबाट देश बन्छ भनेर पर्खनुभएको देश बर्बाद पार्ने काममा सहभागी हुनु हो। त्यसकारण देश बर्बाद पार्ने काममा सहभागी नहुन र देश बनाउने र देश बचाउने अभियानमा सहभागी हुन म आम देशवासीलाई हार्दिक अपिल गर्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad