राजनीति


'पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उदेक लाग्दो कुरा हो'

'पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उदेक लाग्दो कुरा हो'

जितजंग बस्नेत


नेपालखबर
माघ २७, २०८१ आइतबार १४:४१, काठमाडौँ

राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित कुरा नभएको बताएका छन्। राष्ट्रियसभाको आइतबारको  बैठकमा बोल्दै उनले ठूलो ओहोदामा पुगेको व्यक्ति फेरि दलको बैठकमा उपस्थित हुनु राम्रो नभएको बताएका हुन्।  

उनले नेकपा (माओवादी केन्द्र) को पार्टीको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएकोप्रति लक्षित गर्दै सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यत्ति, पुनः राजनीतिक पार्टीको बैठकमा उपस्थित हुनुले उदेक लाग्ने गरेको बताए। 

‘पूर्वराष्ट्रपति र उपराष्ट्रपति जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति हो। आमा बुबाको सपना मेरो छोरा राष्ट्रपति, उपराष्ट्रपति बनोस् भन्ने हो,' उनले भने, 'यो सपना देख्ने, त्यस्तो उच्च पदमा बसेको व्यक्तिहरू आज पार्टीको बैठकमा जाने, आज पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने। मलाई उदेक लाग्छ, के हो यो अध्यक्ष महोदय?'

उनले राजनीतिमा फर्किन चाहनेले पहिले यस्ता ठूला पद किन लिएको भन्दै प्रश्न पनि गरे। पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको उत्पादन विभाग हेर्ने गरी पुन:राजनीतिमा सक्रिय भएका छन्। त्यस्तै पूर्वउपराष्ट्रपति विद्यादेवि भण्डारी पनि पुन:एमालेको राजनीतिमा सक्रिय हुने चर्चा छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad