राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्मा महत्त्वपूर्ण कुरा उठाइरहँदा माइक नकाट्न सभामुखसमक्ष माग गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा दिइएको दुई मिनेट छोटो भएको उनको भनाइ थियो।
सभामुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सर्लाहीका सत्यन्द्र चमार र नेहा रौनियारको विवाहलाई लिएर सरकारको व्यवहारकोप्रति प्रश्न उठाउँदा माइक काटिएको थियो।
यसबारे शाहले भने, 'गम्भीर विषयमा बोल्न दिएर आधा समयमा माइक काटिन्छ। विधिको शासनमा यस्तो हुँदैन। अनुरोध गर्न चाहन्छु। संसद् जहिले पनि प्रतिपक्षको हो।’
उनले सभामुखले चमार र रौनियारको विवाहको विषयमा जवाफ दिन सभामुखलाई रुलिङ गर्न पनि माग गरे।
'गृहमन्त्रीलाई जवाफ दिन त्यो कुर्सीबाट रुलिङ गर्दिनुस्। होइन भने भोलि हतियार उठेर दिन दहाडै मान्छे मारिन थाले भने यसको जवाफ कसले दिन्छ।’
Shares

प्रतिक्रिया