राजनीति


संविधान असफल भए मुलुक गम्भीर संकटमा फस्छ : गृहमन्त्री लेखक

संविधान असफल भए मुलुक गम्भीर संकटमा फस्छ : गृहमन्त्री लेखक

नेपालखबर
फागुन १०, २०८१ शनिबार १६:३४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संविधानको असफलताले मुलुकलाई गम्भीर संकटमा धकेल्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताए। उनले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भूमरिमा रहेको पुष्टि हुने बताए।

पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिए। नेपालको संविधान विश्वकै राम्रो मध्येको एक संविधान भएको उनको भनाई थियो।

गृहमन्त्री लेखकले भने, ‘नेपाल संसारकै विरलै मध्येको त्यो देश हो जसले ७० वर्षमा सात वटा संविधान बनायो। नेपालको संवैधानिक व्यवस्थाको यात्रा २००४ सालदेखि भयो ०७२ सालमा हामीले सातौँ संविधान बनायौँ। धेरै सडक, पुल, विद्यालय बनाउने कुरा असल हुन् तर धेरै संविधान बनाउने कुरा बेठिक हो। धेरै संविधान बनाउने भनेको यो ७० वर्षमा कति राज्य व्यवस्थाको अस्थिरता व्यहोर्‍यौँ मापन हो त्यो। त्यसैले यो संविधान असफल गर्ने छुट कसैलाई छैन।’

गृहमन्त्री लेखकले कानुनको शासन लोकतन्त्रको आधारभूत आवश्यकता भएको बताए। उनले कानूनी शासन स्थापना गर्नसके मात्रै लोकतन्त्र जीवित रहने बताए। शासन व्यक्तिले नभइ विधिले गर्छ भन्ने कुराको अग्रणी स्थानमा कानुन व्यवसायी रहेको उनको भनाइ छ।

गृहमन्त्री लेखकले लोकतन्त्र भनेको अनुशासनको पद्धति भएकाले त्यहाँ कानूनी शासन हुने बताए। उनले संवैधानिक व्यवस्थाअनुसार नै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad