राजनीति


पाथीभरा केबलकारबारे कोशीका सांसदसँग गृहमन्त्रीले गरे छलफल

पाथीभरा केबलकारबारे कोशीका सांसदसँग गृहमन्त्रीले गरे छलफल

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १९:४४, काठमाडौँ

पाथीभरा मुकुम्लुङमा केबलकार निर्माणको विषयमा भएको विवादबारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।  

छलफलपछि गृहमन्त्री रमेश लेखकले सांसदहरूले दिएको सुझावलाई ग्रहण गर्दै समस्याको शान्तिपूर्ण समाधान निकाल्नुपर्ने बताए। 

ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आएको छ। 

विपक्षमा रहनेहरूले 'नो केबलकार' अभियान चलाएका छन्। केही दिनअघि दुई पक्षबीच झडपसमेत भएको थियो। झडपमा प्रहरीले केही स्थानीय घाइते भएका थिए। 
विवादले उग्ररुप लिएपछि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली बनाएको छ।  

तर, स्थानीयले मन्त्रीस्तरीय समिति बनाए मात्रै छलफलमा बस्ने बताउँदै आएका छन्। विवादले उग्ररुप लिएपछि केही समयका लागि केबलकार निर्माणको काम पनि रोकिएको छ। सरकारले निर्माण रोकेर असन्तुष्ट पक्षलाई वार्तामा आउन भने पनि नो केबलकारपक्षहरू वार्तामा गएका छैनन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad