राजनीति


केपी ओलीलाई विद्या भण्डारीले भनिन् : कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुस्

केपी ओलीलाई विद्या भण्डारीले भनिन् : कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुस्

नेपालखबर
फागुन १९, २०८१ सोमबार १६:७, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्।  

सोमबार‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यसअघि पनि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताएकी हुन्। 

कम्युनिस्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्वपूर्ण भूमिका खेलेको भण्डारीको भनाइ छ। 

‘राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात् गर्नुपर्छ। बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,' उनले भनिन्।

उनले विगतका कम्युनिस्ट आन्दोलनलाई ओलीले ऐतिहासिक भूमिका निर्वाह गरेको र आगामी दिनमा थप योगदान दिने विश्वास रहेको पनि बताइन्। 

'भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ,’ उनले भनिन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad