राजनीति


प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : देउवा

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : देउवा

नेपालखबर
चैत १२, २०८१ मंगलबार १६:२५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्।  

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तक 'म र मेरो सानोबुबा (आत्मकथा)' को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको उनको भनाइ थियो। राजनीति फरक ठाउँमा रहे पनि मित्रवत् भावना सधैँ रहिरहेको पनि उनले प्रस्ट्याए।

'ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ। उहाँ र म जेलमा सँगै बसेको हो। उहाँ त जेलभित्रको पनि जेलमा बस्नुभएको हो,' उनले भने, 'हाम्रो राजनीति आफ्नो ठाउँमा छ। हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ। हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ। अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन। कांग्रेसको पूर्ण समर्थन छ।’

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले कुलमानलाई दोस्रोपटक नियुक्ति दिएर गल्ती गरेको भन्दै देउवाको आलोचना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad