राजनीति


क्वारेन्टिनमा बसेकाको तथ्यांक लिएर फर्किएका वडाध्यक्षमाथि कुटपिट, दाहिने खुट्टा भाँचियो

क्वारेन्टिनमा बसेकाको तथ्यांक लिएर फर्किएका वडाध्यक्षमाथि कुटपिट, दाहिने  खुट्टा भाँचियो

नेपालखबर
चैत १६, २०७६ आइतबार ९:३,

जाजरकोटको छेडागाड नगरपालिका ११ का वडा अध्यक्षमाथि अज्ञात समूहले आक्रमण गरेको छ।

सो आक्रमणमा परी आक्रमणबाट वडाध्यक्ष चक्रबहादुर सिंहको दाहिने खुट्टो भाँचिएको छ।

शनिबार दिनभर सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिको तथ्यांक लिएर फर्किएका वडाध्यक्षमाथि राति ९ बजे सोही वडाको पिपलडाँडामा आक्रमण भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए।

कुटपिटपछि बेहोस् भएका वडाध्यक्ष सिंहले आइतबार बिहान मात्रै आफन्तलाई खबर गरेका थिए। आफन्तले प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरिएको थियो।

प्रहरीले उनलाई अग्लो स्थानबाट खसालेको अवस्थामा फेला पारेको डीएसपी श्रेष्ठले बताए। घाइते वडाध्यक्षलाई थप उपचारका लागि सुर्खेत लगिएको छ। घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।

नेकपाबाट निर्वाचित वडाध्यक्ष सिंह पार्टीको जिल्ला कमिटी सदस्य समेत हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .