राजनीति


पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ: उपप्रधानमन्त्री सिंह

पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ: उपप्रधानमन्त्री सिंह

नेपालखबर
चैत २७, २०८१ बुधबार १७:४०, काठमाडौँ

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। 

बुधबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभालाई समबाधेन गर्दै उनले साँस्कृति विधिता, साहसिक खेल पर्यटन लगायतका प्रचूर सम्भावना रहेको भन्दै कोशी प्रदेश पर्यटन वर्ष सिंगै देशको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे।  

उनले भारत र चीन दुवै छिमेकी देशसँग जोडिएको कोशी प्रदेश पर्यटकीय सम्भावनाको हिसावले अत्यन्त सम्भावना बोकेको प्रदेश रहेको भनदै पर्यटन वर्ष सफलताको शुभकामना पनि दिए।  
 
‘कोशी प्रदेश छिमेकी देश भारत र चीनसँग जोडिएको प्रदेश हो। विश्वकै अग्लो सगरमाथादेखि होचो कचनाकवलसम्म पर्ने यो प्रदेश हेर्न लायकको प्रदेश हो। तपाईँहरूले पर्यटन वर्ष मनाउँदा प्रदेशको साँस्कृतिक विधिता झल्काउने, साहसिक खेलकूदका गतिविधि गर्न लाग्नुभएको छ। नेपालको मात्र नभई विश्वकै लागि साहसी खेलकूदका खेलाडी र यसमा चासो राख्नेका लागि महत्वपूर्ण थलो हुने विश्वास लिएको छु,’ उपप्रधानमन्त्री सिंहले भने,‘पर्यटन वर्षमा पर्यटनमा आधारित भएर हुने गतिविधिले कोशी प्रदेशको मात्र होइन देशकै अर्थतन्त्रमा आएको शिथिलता चलायमान बनाउन यसले पर्याप्त मात्रमा टेवा पुर्‍याउने र योगदान गर्ने विश्वास लिएको छु।’ 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले २८ प्रकारको लालिगुराँस एकै ठाउँमा पाइने स्थलसम्म यहाँ रहेको भन्दै त्यसको प्रचारप्रसार गर्न सके पर्यटकका लागि आकर्षण बन्न सक्ने पनि बताए। 

उनले अहिलेको सरकारले जनतालाई केनद्रमा राखेर काम गरिरहेको पनि बताए। राजनीतिक स्थिरताको जगमा जनतालाई केन्द्रमा राखेर प्रगतिपथमा अघि बढ्न सरकारले काम थालनी गरिसकेको भन्दै उपप्रधानमन्त्री सिंहले आउने दिनमा यसले तिव्रता आउने दाबी गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad