परराष्ट्र मन्त्रालयले आतंकवादको विपक्षमा उभिएर विज्ञप्ति निकालको भन्दै सांसद मिना जैसवालले त्यसको स्वागत गरेकी छिन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको भूमि कसैविरुद्ध प्रयोग हुन नदिने सुनिश्चितता अन्तर्राष्ट्रिय समुदायलाई पुर्याउन समेत आग्रह गरिन्।
‘नेपाल सधै शान्तिको पक्षमा उभिने राष्ट्र हो र राष्ट्रिय सुरक्षामा हामी कुनै कम्प्रमाइज गर्ने अवस्थामा छैनौँ,’ जैसवालले भनिन्, ‘नेपालको परराष्ट्र मन्त्रालयले आतंकविरुद्ध भारतलाई जनाइएको सर्मथन स्वागत गर्दछु र नेपालको भूमि कसैको प्रभावमा नपरो भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन शुनिश्चित गरौँ।’
279
Shares

प्रतिक्रिया