नेकपा माओवादी केन्द्रको काठमाडौँ सर्लाही सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु नेपाल चयन भएका छन्।
काठमाडौँमा सम्पन्न समितिको तेस्रो अधिवेशनले नेपालको अध्यक्षतामा ३० सदस्यीय कार्य समिति चयन गरेको हो।
त्यसैगरि समितिको उपाध्यक्षमा अमरेन्द्र कुशवाहा, राजकुमार आले र मुकेश खड्का चयन भएका छन् भने सचिवमा रोजिना थापा कार्की, उषा काफ्ले र सरोज रायमाझी चयन भएका छन्।
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादव, नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए।
147
Shares

प्रतिक्रिया