राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सच्चिनुपर्नेमा जोड दिएका छन्।
गणतन्त्र दिवस–२०८२ को अवसर पारेर राष्ट्रिय जनमोर्चाले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए। अध्यक्ष केसीले भने, ‘त्यसका लागि नेपालका सबै देशभक्त, लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आमजनताको समेत गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ।’
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधानको मर्म ठीक भएको र मुलुकको राजनीति ‘तरमारा’ वर्गको इसारामा अघि बढेकाले गणतन्त्र कैदमा देखिएको बताए। वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वैज्ञानिक समाजवादी गणतन्त्र र समृद्धिका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याए।
57
Shares

प्रतिक्रिया