विपक्षी दलहरुले आफ्नो राजीनामा मागेर दुई दिनदेखि संसद् अवरोध गरेपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेनलमार्फत आफमाथि लागेका आरोपको जवाफ दिने भएका छन्।
लेखकको सचिवालयका सदस्य लोकेन्द्र भट्टका अनुसार विपक्षीले अवरोध नछाडे संसद् बाहिर पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिने छन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले गरेको संसद् अवरोध अनुचित भएको बताए।
संसद् स्थगित भएपछि लेखक आफ्नो आसनमै बसिरहेका थिए। त्यही बेला पुगेका खतिवडा पुग्दा उनले फोनमा सल्लाह गरिरहेका थिए।
‘यहाँ बोल्न दिए ठिकै छ, नभए प्रेस कन्फरेन्स गर्छु भन्ने उहाँको कुरा छ,’ खतिवडाले भने, ‘अहिलेसम्मको अवस्थामा राजीनामा दिने भन्ने छैन।’
विपक्षी दलहरुले भने गृहमन्त्रीको जवाफ नभइ उनले राजीनमा दिनुपर्ने र छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्। यसका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले भने अहिलेसम्म तयार भएका छैनन्।
Shares

प्रतिक्रिया