राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई ‘झुटा मुद्दामा फसाएको’ भन्दै देशभर हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च र सर्वोच्च अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएका रविमाथि प्रतिशोध भएको भन्दै ‘न्यायका लागि बृहत् अभियान’ सञ्चालन गर्ने निर्णय रास्वपाले गरेको हो।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले भनेका छन्, ‘पार्टी सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक राज्यसंयन्त्र र कानुनलाई अस्त्रीकरण गर्दै लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाको पछिल्लो अवस्थाका सम्बन्धमा पार्टी सचिवालय बैठकमा छलफल भयो। सहकारी बचतकर्ताको करोडौँ-अरबौँ रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरू १०-२० लाख धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासतसमेत नबसी अदालतबाट रिहा हुने तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुटा मुद्दाविरुद्ध “प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान” अन्तरगत हस्ताक्षर अभियानलाई व्यापक बनाउने।’
Shares

प्रतिक्रिया