राजनीति


भताभुंग भयो राजावादी आन्दोलन समिति, ‘अहंकारी बुढाहरू’ भन्दै बाहिरिए स्वागत नेपाल

भताभुंग भयो राजावादी आन्दोलन समिति, ‘अहंकारी बुढाहरू’ भन्दै बाहिरिए स्वागत नेपाल

नवराज सुवेदी र स्वागत नेपालको फाइल तस्बिर।


नेपालखबर
जेठ २५, २०८२ आइतबार ९:३५, काठमाडौँ

राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति फुटेको छ। 

समितिका प्रवक्ता स्वागत नेपालले आफू यो पदबाट बाहिरिएको संकेत गरेका छन् र अब राजावादी आन्दोलन नयाँ शिराबाट आउने घोषणा गरेका छन्। 

‘एकजनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरू थिए, स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रूपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो’, नेपालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उसले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गर्‍यो। तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे। तर युवाले तुहिन दिने छैन। आन्दोलन सफल भएरै छोड्ने छ। केही समयको मात्र धैर्य जरुरी छ। हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरू ढुक्क हुनुहोला।’ 

उनले थप भनेका छन्, ‘अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ। साँच्चैका स्वतन्त्र नागरिकहरू, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्त्वको ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भए।’

यस विषयमा प्रत्यक्ष बुझ्न नेपालखबरले आइतबार बिहान दुईपटक फोन गर्दा पनि स्वागत नेपालले उठाएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad