राजनीति


सदनमा गृहमन्त्रीको जवाफ: भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि षडयन्त्र गरियो

सदनमा गृहमन्त्रीको जवाफ:  भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि षडयन्त्र गरियो

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १७:२३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको विरोध कायमै हुँदा सभामुख देवराज घिमिरेले लेखकलाई बोल्ने समय दिएपछि उनले आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको बताएका हुन्।  

'विगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनु भएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ। समयको लागि आभार व्यक्त गर्छु,' उनले भने, 'धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु। मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु।'

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे। 

'कार्यालय प्रमुख तीर्थाज भट्टराईलाई अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको हुँ,' उनले थपे, 'यसमा मेरो संलग्नता भएको भनिएको कुरामा सत्यता छैन। मेरो संलग्नता हुन सक्दैन भन्न चाहन्छु। राजनीतिक रुपमा  षडयन्त्रपूर्वक कुरा उठाइयो खेद प्रकट गर्न चाहन्छु।' 

उनले संवैधानिक निकायले छानबिन गरिरहेको विषमा सरकारलाई जोड्न नहुने र यसरी प्रश्न उठ्दा हिजोका दिनमा कति मन्त्रीले जवाफ दिएका थिए भन्दै प्रतिप्रश्नसमेत गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad