राजनीति


काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै धवलशमशेर

काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै धवलशमशेर

फाइल तस्बिर: धवलशमशेर राणा


नेपालखबर
असार २, २०८२ सोमबार १०:५९, काठमाडौँ

तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज (सोमबार) काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै छन्। 

त्यसका लागि उनी अदालतमा हाजिर भइसकेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले नेपालखबरसँग भने, ‘अब उहाँले न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान दिनुहुनेछ।’

२०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो।

त्यसयता प्रहरीको सम्पर्कमा नरहेका उनी आज अदालतमा उपस्थित भएका हुन्।

यसअघि महामन्त्री धवलशमशेर र उनीसँगै पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ‘फरार’ भएको दाबी गरिएपछि राप्रपाले केही दिनमा दुवै अदालतमा उपस्थित हुने बताएको थियो। 

मिश्र भने अदालत उपस्थित हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad