राजनीति


धरानमा मेयर र उपमेयरका समर्थकबीच हात हालाहालको अवस्था (तस्बिरहरू)

धरानमा मेयर र उपमेयरका समर्थकबीच हात हालाहालको अवस्था (तस्बिरहरू)

नेपालखबर
असार ३, २०८२ मंगलबार १५:१४, काठमाडौँ

धरान उपमहानगरपालिकाबीच नगरप्रमुख हर्कराज साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको छ। नगरप्रमुख साम्पाङले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी पालिकाबाट भुक्तानीको प्रक्रियाअघि बढाउन खोजेपछि उपप्रमुख बेघाले आपत्ति जनाएका थिए। 

बेघाले आपत्ति जनाएको केहीबेरमै साम्पाङले आफ्ना समर्थकलाई बोलाएर आफूमाथि आक्रमणको प्रयास गरिएको आरोप लगाएका छन्।  

लगत्तै बेघाले पनि आफ्ना समर्थकलाई उपमहानगरपालिकाको कार्लालयमा बोलाएपछि दुई समूहबीच झडपको अवस्था बनेको हो।    
 
अहिले पालिकामा दुवैपक्षले एकअर्काविरुद्ध नाराबाजी गरिरहेका छन्। झडपको अवस्था सिर्जना भएपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad