राजनीति


पाल्पा र नवलपरासीमा ८ सयभन्दा बढी लालपुर्जा वितरण

पाल्पा र नवलपरासीमा ८ सयभन्दा बढी लालपुर्जा वितरण

नेपालखबर
असार २०, २०८२ शुक्रबार १९:११, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सयभन्दा बढी लालपुर्जा वितरण गरेका छन्।

विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिला पुर्जा वितरण रामपुरमा करिव ५०० जना र नवलपरासीको सुनवलमा सुनवल नगरपालिकाको समन्वय र भूमि समस्या समाधान आयोग जिल्ला कार्यालय नवलपरासीको आयोजनमा करिव २०० जनालाई लालपुर्जा वितरण गरिएको हो। 

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले देशभरका भूमि समस्या र अव्यवस्थित बसोबासीको दिर्घकालीन समाधानका लागि मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको बताए। अबको ६ महिना भित्र ७० प्रतिशत भूमिहीनले लालपुर्जा प्राप्त गरिसक्ने मन्त्री अधिकारीको भनाई छ।

पाल्पामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतको सहभागिता थियो भने सुनवलमा मन्त्री अधिकारीसहित भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजाल, सासंदहरू, सुनवल नगरपालिका मेयर बिमला अयार्ललगायतका जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो। 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad