राजनीति


माओवादी स्थायी समिति बैठक आज पनि निरन्तर

अध्यक्ष प्रचण्डको आलोचना गर्दै आएका जनार्दन शर्माले बोल्न बाँकी
माओवादी स्थायी समिति बैठक आज पनि निरन्तर

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८२ आइतबार ८:५५, काठमाडौँ

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ। गएको शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक निरन्तर बस्न लागेको हो। 

बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादीका एक नेताले जानकारी दिए।

बैठकमा हिजोसम्म २५ जना स्थानीय समिति सदस्यले आफ्नो धारणा राखेका छन्। माओवादी स्थायी समितिमा पदाधिकारीसहित ४६ जना सदस्य छन्। बैठक आजसम्म चल्ने बताइए पनि बाँकी नेताले बोलेर नसके भोलिसम्म लम्बिने सम्भावना छ।

शनिबारको बैठकमा बोल्ने अधिकांशले उपमहासचिव जनार्दन शर्माले नेतृत्वबारे पार्टीबाहिर बोलेर गल्ती गरेको भन्दै आत्मलोचना गर्न सुझाव दिएका थिए। 

सचिव राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङले भने जनार्दन शर्माको पक्षमा बोलेका थिए। शर्मा स्वयं भने बोल्न बाँकी छ।

साउन ६ गते काठमाडौँमा आयोजित पुष्पलाल स्मृति दिवसको भएको कार्यक्रममा प्रचण्डको नाम नलिइ आलोचना गरेका थिए।

उनले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई दिनुपर्नेदेखि कम्युनिस्ट नेतामा मनमोहन अधिकारीबाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए।

४ वर्षदेखि जनार्दनले गरेका छैनन् माओवादी बैठकको माइन्युटमा हस्ताक्षर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad