संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिको बैठक जारी छ। समितिले छानबिन प्रतिवेदन तयार पार्न पाएको समयको आज अन्तिम दिन पनि हो।
गत २३ असारमा गठित समितिलाई २१ दिनको समय दिइएको थियो। समय अभाव भएको भन्दै पछि एक हप्ता थपिएको थियो। उक्त थपिएको समयको आज अन्तिम दिन हो।
बैठक बिहान ७:३० बजे सुरु भएको थियो। दिउँसो एकाएक सत्तारुढ दलद्वय नेपाली कांग्रेस र नेकपा एमालेका सदस्य सांसदहरू बारिएर विपक्षीलाई थाहै नदिई दलका नेतासँग छलफल गर्न पुगेका थिए। उनीहरू समितिको बैठकमा फर्किएपछि अहिले सत्तारुढ र प्रतिपक्षी दलका सांसद भएको समितिको बैठक जारी छ।
कांग्रेसबाट परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन्।
सकेसम्म आजै प्रतिवेदनलाई अन्तिम रुप दिने र भोलि सोमबारको प्रतिनिधिसभामा पेस गर्ने तयारी छ।
Shares

प्रतिक्रिया