राजनीति


प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौँ आउँदै

प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौँ आउँदै

नेपालखबर
साउन २२, २०८२ बिहिबार १०:२३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री नेपाल आउने भएका छन्। 

उनी आगामी भदौ १ गते (१७ अगस्त) काठमाडौँ आउने स्रोतले जनाएको छ। 

ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन। 

विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्। 

विदेश सचिव मिश्रीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिवसँग भेटेर ओलीको भारत भ्रमणका एजेन्डाबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय सम्वद्ध स्रोतहरूले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad