राजनीति


विकास गाउँसम्म पुग्यो तर उपयोग गर्ने मान्छे भएनन्ः पूर्वअध्यक्ष तिमिल्सिना

विकास गाउँसम्म पुग्यो तर उपयोग गर्ने मान्छे भएनन्ः पूर्वअध्यक्ष तिमिल्सिना

नेपालखबर
साउन २५, २०८२ आइतबार १७:४०, काठमाडौँ

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्बर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले समस्या औँल्याउने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरुलाई आग्रह गरे।

गाँउघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको तर त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरुसंँग आग्रह गरेका हुन्।

तीन वटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको उनको धारणा थियो।

तिमिल्सिनाले भने, ‘हामीले अबका दिनहरुमा समस्या के छन् भन्ने कुराहरु करिव करिव बुझेका छौँ। समाधानका कुरा के हुन त? अहिले पनि विद्यालयमा विद्यार्थी भएनन् भन्ने कुराहरु सबैबाट भनेका छौँ। किन भएनन् अलि अलि आएको छ तर गुदी कुरा त्यहाँ भित्र आएको छैन। खेतबारी बाँझा छन् भन्ने कुरा आएको छ, त्यो बाँझोलाई के गर्ने भन्ने ठोस आउनुपर्यो। समस्या त जहिले पनि जसले पनि ल्याउन सक्या छ तर समाधानको लागी यी यी कुराहरु अब हामीले गर्नुपर्ने, अब स्थानीय सरकार वा पालिकाहरूले गर्नुपर्ने के हो? कसरी गर्ने? त्यहाँ दिशानिर्देश भो भने उहाँहरूलाई पनि धेरै ठूलो फिडब्याक हुन्छ र भोलिका योजनाहरूमा त्यो समेट्न सक्नुहुन्छ। त्यसकारण त्यो ढंगले आओस, संघ प्रदेशले कति सुन्लान्, पालिकाले त पक्कै सुन्लान् नी आफ्नो ठाउँमा गर्न खोजेको। संघ प्रदेशलाई पनि यसले सर्पोट हुन्छ।’

उनले हाल गाउँमा विकास भएपनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताए। गाउँमा विकास पुगेपनि मान्छेहरु भने शहर केन्द्रित भएको उनको भनाई छ। सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘अहिले त के देशव्यापी रुपमा के भएको भने विकास गाँउमा गएको छ मान्छे शहरतिर गएको छ, विदेशतिर गएको छ। पहिला फेरि विकास शहरमा थियो, मान्छे हामी गाउँमा भरिभराउ थियौँ। अहिले गाउँमा मोटरबाटो गएको छ, बिजुली गएको छ, खानेपानी गएको छ। धेरै भएन भन्दाभन्दै पनि धेरै भएको छ। तर त्यो उपभोग गर्ने मान्छे छैनन्। र विकासको दृष्टिकोणले हेर्ने हो भने प्रतिफल लिनको लागी गर्ने हो भने त्यो उपयोग नगर्दा घाटामा गएको छ।’

उनले गाउँमा प्रशस्त विकास भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad