राजनीति


युवाको ऊर्जा, सिर्जनशीलता र सपना नै राष्ट्रको भविष्य: प्रधानमन्त्री

युवाको ऊर्जा, सिर्जनशीलता र सपना नै राष्ट्रको भविष्य: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८२ मंगलबार १०:१८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको बताएका छन्।

‘आज अन्तरराष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्‍याे। पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्।
 
उनले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको पनि उल्लेख गरेका छन्।

‘हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ,’ उनले भनेका छन्।

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै   छ। राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad