राजनीति


मुख्यमन्त्री बानियाँसँग निर्णायक छलफल गर्न भन्दै प्रदेशसभा पुगे लामा समूहका सांसद

मुख्यमन्त्री बानियाँसँग निर्णायक छलफल गर्न भन्दै प्रदेशसभा पुगे लामा समूहका सांसद

सुनिता विष्ट
साउन २७, २०८२ मंगलबार १६:४५, हेटौँडा

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा समूहका सांसदहरू प्रदेशसभा भवनमा प्रवेश गरेका छन्। 

उनीहरू मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग निर्णायक छलफलका गर्न भन्दै गएका हुन्।  

अब उनीहरूले पहिले मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग छलफल गर्नेछन्। छलफलबाट विवाद समाधान हुने अवस्था भए मात्रै विश्वासको मत दिन प्रदेशसभा बैठककक्षमा जाने लामाले जानकारी दिए।

लामा समूहका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार विदेश भ्रमणमा छन्। उनीबाहेक अन्य १३ जना अहिले प्रदेशसभामा छलफलका लागि पुगेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad