पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भोलि (शनिबार) वीरगञ्ज जाने भएकी छन्।
वीरगञ्जमा हुने ‘महिला उद्यमी सम्मान’ कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी त्यहाँ जान लागेकी हुन्।
पूर्वराष्ट्रपतिलाई वाराको सिमरामा स्वागत तथा सम्मान गर्ने नेकपा (एमाले) बाराका एक नेताले जनाएका छन्।
विहान ८ः४५ बजे सिमरा विमानस्थलमा उनको स्वागत गर्ने कार्यक्रम रहेको ती नेताले बताए।
नेकपा (एमाले)ले भण्डारीलाई राजनीतिक गतिविधि नगर्न केन्द्रीय कमिटीबाटै निर्णय गरेपनि उनी एमाले पूर्वउपाध्यक्षको हैसियतमा विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सहभागी हुँदै आएकी छन्।
177
Shares

प्रतिक्रिया