राजनीति


निजामती अस्पतालमा पसेर प्रहरीले पिट्न थाल्यो

निजामती अस्पतालमा पसेर प्रहरीले पिट्न थाल्यो

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:५४, काठमाडौँ

प्रहरीको जत्था निजामती कर्मचारी अस्पतालमा बसेर कुटपिट गर्न थालेको गुनासो प्रदर्शनकारी र घाइतेका आफन्तहरूले गुनासो गरेका छन्।

मीनभवनस्थित यस अस्पतालमा एक सयभन्दा बढीको उपचार भइरहेको छ। ३ जनाको मृत्यु भइसकेको छ।

घाइते र मृतकका आफन्तहरू पनि अस्पतालमा जम्मा भएका छन्। प्रहरीले अस्पतालभित्रै प्रवेश गरेर पिट्न थालेपछि प्रदर्शनकारीहरूको समूहमा यस्तो मेसेज प्राप्त भएको छ, ‘सिभिल अस्पतालभित्र पुलिस पसेर पिट्न थाल्यो। के गर्ने होला?’

यस अस्पताल क्षेत्रमा प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो। अस्पतालको आकस्मिक कक्षसम्मै पुग्ने गरी अश्रुग्यास प्रहार भएपछि स्वास्थ्यकर्मीहरूले पनि गुनासो गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad