जानीजानी कोरोना भाइरस फैलाएको आरोपमा चीन सरकारविरुद्ध अमेरिकामा मुद्दा हाल्ने तयारी गरिएको छ।
बीबीसीका अनुसार अमेरिकी राज्य मिजुरीले चीन सरकार र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको हो।
‘चिनियाँ सरकाले विश्वलाई कोभिड-१९ को जोखिम र संक्रामक गतिबारे ढाँटेको, सूचना दिन खोज्नेलाई चुप लगाएको र रोग रोक्न यथेष्ट काम नगरेको’ मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटको आरोप छ।
‘त्यसकारण त्यस विषयमा उनीहरूलाई उत्तरदायी बनाउनपर्छ,’ उनले भनेका छन्।
मुद्दामा मानिसको मृत्यु, उनीहरूको दु:ख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिने बीबीसीले लेखेको छ।
यता चीनले भने विपद्लाई गलत तरिकाले व्याख्या गरिएकाे भन्दै आरोप अस्वीकार गरिरहेकाे छ।
मिजुरीका अधिकारीले मुद्दा ऐतिहासिक भए पनि याे अमेरिकी अदालतमा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन्।
अमेरिकी अदालतमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएकाले चीनले यो मुद्दाबाट डराउनुनपर्ने बताइएको छ।
अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने हुन्छ जहाँ चीनले पनि स्पष्टीकरण दिन पाउँछ।
प्रतिक्रिया