राजनीति


साइबर ब्युरोबाट फोन आएपछि स्वागत नेपालले भने: भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु

साइबर ब्युरोबाट फोन आएपछि स्वागत नेपालले भने: भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु

स्वागत नेपालको फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १०:२८, काठमाडौँ

राजावादी अधिवक्ता स्वागत नेपालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले नेपालविरुद्ध उजुरी परेको पुष्टि गरे। 

‘हो, उहाँविरुद्ध एउटा सामान्य उजुरी परेको छ, सोधपुछका लागि उहाँलाई फोन पनि भा’थ्यो, हाम्रो फिल्ड अफिसरबाट’, एसपी अवस्थीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘इमरजेन्सी होइन, तिहारपछि आउँछन् होला सायद।’

यसैबीच स्वागत नेपालले पनि आफूलाई सोमबार साइबर ब्युरोको नम्बरबाट फोन आएको बताएका छन्। 

उनले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा आफूलाई साइबर ब्युरोले पक्राउ गर्न खोजेको उल्लेख गरेका छन्।

सोमबार बेलुका भिडिओ वक्तव्य जारी गर्दै उनले साइबर ब्युराेलाई दिएको जवाफबारे भनेका छन्, ‘के अदालतमा यी प्रश्न उठ्लान् भन्ने डरले हो कि सामाजिक सञ्जालमा बोलेको आधारमा पक्राउ गर्न खोजिँदै छ? यदि आइहाल्नुपर्छ भने आइहाल्छु। जरुरी परे पक्राउ पुर्जी दिनुपर्छ, तर अदालत नै बन्द छ।’

आफूलाई तिहार मनाउन दिन आग्रह गरेको सुनाउँदै नेपालले अगाडि भनेका छन्, ‘तिहार छ, तिहार मनाउनुहोस्। मैले पनि भनेँ– भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, तर जरुरी भए आउँछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad